stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले चैत २० गते २८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले  चैत २० गते सोमबार २८ अर्ब ५ करोड बराबरको ट्रेजरी बिलको बोलकबोल गर्दैछ । राष्ट्र बैंकले चैत २१ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब, ९१ दिनका लागि ७ अर्ब ७५ करोड, १८२ दिनका लागि ५ अर्ब ३० करोड र ३६४ दिनका लागि ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ ।

यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख १९ गते, असार १९ गते, असोज १६ गते र चैत २० गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने जनाएको छ ।

IME Lifesidebar
kumari