नबिल बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नबिल बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।
यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जो कोहीले आज चैत १६ गतेदेखि ७ दिन भित्र यस बैंकको सेयर रजिष्ट्रार, नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।
यस अघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।