नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने
रिपो बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । १४ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।
रिपो बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यो रिपो चैत १६ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेभित्र बोलकबोलमा सहभागी भइसक्नुपर्नेछ ।
२ चैत २०७९, बिहीवार ०८:१४ बजे प्रकाशित