citizens life insurance long ad
stcnepal long ad

चैत १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर घटाउन तयारी

बैंकहरुले बेस रेटमा केहि प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन्

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ब्याजदर घटाउन वाणिज्य बैंकहरुले तयारी थालेका छन् । उनीहरुले चैत १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर घटाउन तयारी थालेका हुन् ।

निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ । तसर्थ बैंकहरुको आधार दर (बेस रेट) कम हुन्छ । बैंकहरुले बेस रेटमा केहि प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन् । बेस रेट कम हुने बित्तिकै ऋणको ब्याज दर घट्छ ।

साथै, अहिले चैतको लागि पनि निक्षेपको ब्याजदर घटाउन लागेको एक बैंकरले बताए । ब्याजदरको विषयमा छलफल गर्न आज बैंकर संघको बैठक बस्ने ती बैंकरले बताए । बैंकहरुले माघमा निक्षेपको ब्याजदर घटाएका थिए ।

उनीहरुले माघमा १२.१३३ प्रतिशत रहेको निक्षेपको ब्याजदर ११ प्रतिशतमा झारेका थिए । चैतमा पनि निक्षेपको  ब्याजदर  घटेपछि आधार दर समायोजन गर्दा बैशाखमा बैंकहरुको बेस रेट घट्ने छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत २०८० असार मसान्तभित्र बैंकले कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड दर) ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

जसअनुसार २०८९ चैत मसान्तमा ४.२ प्रतिशत र २०८० असार मसन्तभित्र स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले निर्देशन दिएको छ । तोकिएको दरमा स्प्रेड दर कायम गर्न पनि बैंकहरुलाई आधार दर घटाउनुपर्ने दबाब छ ।

राष्ट्र बैंकको ब्यवस्था अनुसार, साधारण मुद्दतीको ब्याजभन्दा संस्थागत मुद्दतीकर्ताको ब्याज दर २ प्रतिशत विन्दुले कम हुनु पर्छ। अहिले साधारण मुद्दतीको ब्याज ११ प्रतिशत छ । जसअनुसार अहिले संस्थागत मुद्दतीकर्ताको ब्याज ९ प्रतिशत कायम छ ।

IME Life
kumari