Everest Bank
nabil bank
national life
stcnepal long ad

माघ २७ गते सिन्धु विकास बैंकले  तेह्रौ वार्षिक साधारण सभा

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । माघ २७ गते सिन्धु विकास बैंकले  तेह्रौ वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सारथी धुलिखेल ,काभ्रेपलाञ्चोकमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

तसर्थ, यसपटक लगानीकर्ताको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव छ ।

यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनको लागि बैंकले माघ १६ गते बुक क्लोज गर्नेछ । यसर्थ, माघ १५ गते सम्म कायम सेयर धनिले मात्र सभामा भाग लिन पाउनेछन् ।

६ माघ २०७९, शुक्रवार ११:३० बजे प्रकाशित

stcnepal long ad