stcnepal long ad
global ime bank long

बाणिज्य बैंकमा आठवटा बिग मर्जर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा. चिरञ्जीवि नेपालले क वर्गका वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था गरेका थिए ।

यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो । चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको संख्या आधा घटाउने, नियमनका लागि सजिलो बनाउने,बैंकिङ सेवालाई बलियो र स्थिर बनाउने ।

तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले सार्थकता पाएको छ । यसबीच पाँच वटा वाणिज्य बैंकहरु मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको हुने गरी वाणिज्य बैंकको संख्या घटेको छ ।

यो पुस महिनामा मात्रै आठ वटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैंक मर्जरको चरणमा छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिएका छन। सो कार्यक्रममा अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक तथा वित्तीय संस्था सबल बन्दा वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताएका थिए।

उनको त्यो धारणा अनुसार सरकारको नीति कार्यान्वयन गर्नमा वाणिज्य बैंकहरू लागिपरेको स्पष्ट बुझ्न सकिन्छ ।

दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० छ । एकापसमा गाभिएपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंककै अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन ।

नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने गरी इन्भेष्टमेन्टको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिबडेवाला र मेगाको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन ।

साविक इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रूपमा रहेकी मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहने भएकी छिन ।

मर्जरपश्चात् बैंकको कुल चुक्ता पुँजी रु. ३४ अर्ब १२ करोड, कुल पुँजी रु. ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु. चार खर्ब ७१ अर्ब रहेको छ ।

त्यसैगरी कुल निक्षेप ३६०।०२ अर्ब तथा कर्जा लगानी ३२९.०६ अर्ब पुगेको छ । कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा देशकै ठूला वाणिज्य बैंकमध्येको अग्रणी बैंक बनेको छ । अध्यक्ष पाँडेका अनुसार बैंकले कुल जनसंख्याको १० प्रतिशत नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।

पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैंकहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् ।

आठ वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू ९बिओके०, प्रभु र सेन्चुरी बैंक तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जर पश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ ।

दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भएका छन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी रु। २६ अर्ब २३ करोड, कुल निक्षेप रु। तीन खर्ब २ अर्ब र कर्जा रु. दुई खर्ब ८० अर्ब पुगेको छ ।

मर्जर पश्चात् शाखा संख्या ३०६, एटिएम संख्या ३४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् । यो बैंकमा अमिरप्रताप राणाको अध्यक्षतामा चन्द्र बाँस्तोला, इमानसिङ लामा, कृष्णप्रसाद ज्ञवाली र महेश पोखरेल सञ्चालक समिति सदस्य रहेका छन ।

नेपालमा ‘बिग मर्जर’मा बहार ल्याउने बैंकका रूपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । बैंकले पछिल्लोपटक बैंक अफ काठमाण्डूलाई गाभेको छ ।

यही पुस २५ देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृृत कारोबार सुरु गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा कृष्णप्रसाद शर्मा, देवेन्द्रप्रताप शाह, क्याविनेट श्रेष्ठ, रामबहादुर भण्डारी, राधेश पन्त र मदनलाल जोशी सञ्चालक समिति सदस्य रहेका छन् ।

मर्जर पश्चात् बैंकको चुक्ता पुँजी रु.३५ अर्ब ७७ करोड पुगेको छ । यस आधारमा पनि यो बैंक सबैभन्दा ठूलो भएको छ । एकीकृत कारोबारपछि बैंकको कुल पुँजीकोष रु. ५७ अर्ब पुगेको छ । निक्षेप सङ्कलन रु।चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु. चार खर्ब र कुल सम्पत्ति रु। पाँच खर्ब पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पुरयाएको छ ।

हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैंक रहेको छ । बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

यश बैंकका अध्यक्ष ढकाल बैंक तथा वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने उद्देश्यले हालसम्म विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेर ग्लोबल आइएमई देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको बताउछन ।

उनले भने, “हालसम्म पाँच वाणिज्य, १० वटा विकास बैंक र छ वटा फाइनान्स गरेर २१ संस्था गाभिएर यो संस्था बनेको हो । ग्लोबल बैंक अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैंक भएको छ ।”

त्यस्तै प्रभु र सेञ्चुरी बैंक मर्ज भएर यही पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन् ।

मर्जर पश्चात् बैंकको चुक्ता पुँजी रु. २३ अर्ब ५२ करोड पुगेको छ । एकीकृत कारोबारपछि प्रभु बैंकको कुल सम्पत्ति रु। तीन खर्ब ४० अर्ब, चुक्ता पुँजी रु. २२ अर्ब, कुल निक्षेप रु. दुई खर्ब ८४ अर्ब र कुल कर्जा प्रवाह रु। दुई खर्ब ५३ अर्ब पुगेको छ ।

त्यस्तै ग्राहक संख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल ३६५, एटिएम सञ्जाल ३०९ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ ।

एकीकृत कारोबार सुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अंकको खाता नम्बर परिवर्तन भई १६ अंकको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ ।

प्रभु बैंकबाट चार जना र सेञ्चुरी बैंकबाट तीन जना गरी कुल सात सदस्यीय सञ्चालक समिति बनेको छ । प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटा, रामेश्वर सापकोटा, मनबहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान सञ्चालक समिति सदस्य रहेका छन ।

यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन् । मर्जरका लागि दुबै बैंकबाट दुई(दुई जनाको मर्जर समिति बनाइएको छ । मर्जरपछिको नाम लक्ष्मी सनराइज बैंक लि।हुने सहमति भएको छ ।

दुबै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लक्ष्मी बैंकको चुक्ता पुँजी रू। ११ अर्ब ५५ छ भने सनराइज बैंकको रू। १० अर्ब ११ करोड रहेको छ ।

IME Lifesidebar
kumari