stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

आजै बोलकबोल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

बैंकले २८ दिनको लागि ५ अर्बरुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी माघ १७ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी चैत २१ गते परिपक्व हुनेछ ।

१ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० पुस १७ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

IME Lifesidebar
kumari