citizens life insurance long ad
stcnepal long ad

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २५औं वार्षिक साधारण सभा माघ ९ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माघ ९ गते आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २५औं वार्षिक साधारण सभा  गर्ने भएको छ । कम्पनीको पुस १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बिहान ११ बजे होटल लि हिमालय लाजिम्पाटमा हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षक सहितको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, हिसाव लगायतका अनुसूचीहरु पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष० ७८/०७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ३४ प्रतिशत नगद गरि कुल ८ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव लाई अनुमोदन गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र नीजको पारीश्रमिक निर्धारण गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम कपनीको प्रबन्धपत्र र नियमावली समय सापेक्ष रुपमा संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो बमोजिम फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने छ । त्यसकारण पुस २६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

IME Life
kumari