stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पुस २९ गते महालक्ष्मी विकास बैंकको साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस बैंकको बिहीबार (पुस ७ गते) बसेको सञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा लैनचौर ब्यांकेट, नेपाल स्काउट कम्पाउण्ड, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

prabhu mahalaxmi
kumari