सेञ्चुरी कमर्सियल बैंकको शेयर मुल्य समायोजन
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता १७६ रुपैयाँ ६१ पैसा कायम भएको छ । सोमबार सोही मूल्यलाई आधार मानेर यसको सेयर कारोबार खुला हुनेछ ।
आइतबारको अन्तिम कारोबार मूल्य १८५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
वार्षिक साधारण सभामा बैंकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा यस बैंकलाई प्रभु बैंकले १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।






















