citizens life insurance long ad
stcnepal long ad

एनसीसी बैंकले सेयरधनीको खातामा लाभांश जम्मा गर्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले सेयरधनीको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको मंसिर २ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले पारित गरेको ७.६३३७ प्रतिशत नगद लाभांश आईपीएस मार्फत सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम नगद लाभांश वापतको रकम सेयरधनीहरुको बैंक खातामा नै रकमान्तर गरिने हुँदा हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गरिएका खातामा मंसिर ६ गतेदेखि जम्मा गरेको बैंकले बताएको छ ।

बैकको खाता अध्यावधिक नगरेका सेयरधनीहरुको हकमा भने बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउनुहुन बैंकले आग्रह गरेको छ ।

बैंक खाता नम्बर रुजु नभएका, खाता रहेको बैंकको नाम परिवर्तन भएका, नाम रुजु नभएका तथा अन्य विविध कारणले लाभांश रकम रकमान्तर हुन नसकेको सेयरधनीहरुको अध्यावधिक भए पश्चात् मात्रै जम्मा गर्ने व्यवस्था मिलाएको छ ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भए सो शुल्क सेयरधनीले नै व्यहोर्नु पर्ने बैंकले जनाएको छ ।

भौतिक सेयर कायम भएको सेयरधनीहरुको हकमा सेयर अभौतिकीकरण पश्चात् मात्र लाभांश वितरण गरिने भएकाले अभौतिकीकरण गर्न हुन बैंकले अनुरोध गरेको छ ।

साथै, बैंकको सेयर कात्तिक १५ गते सम्ममा धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको नगद लाभांश नो अब्जेक्सन लेटर प्राप्त भएपश्चात् जम्मा गरिने छ ।

IME Life
kumari