युनाइटेड इदी मार्दी हाइड्रोपावरको लाभांश पाउन मंसिर १५ गतेसम्म सेयरधनी बन्नुपर्ने

काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरको लाभांश हात पार्न बिहीबार मंसिर १५ गतेसम्म सेयरधनी बन्नुपर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १६ गते शुक्रबारदेखि बुक क्लोज गर्दैछ ।
यसआधारमा अब बुधबार र बिहीबार गरी २ दिनमात्र यसको लाभांश पाउन सेयरधनी बन्न सकिने छ । यसले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ ।
लाभांश पारित गर्न यसको मंसिर २८ गते वार्षिक साधारण सभा बस्दैछ । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । सभा आभ्या क्लब घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।