नबिल बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आइतबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौं स्थित कम्पनीको सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।
के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ । तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।