संस्थापक शेयर विक्री गर्दै महालक्ष्मी विकास बैंक
बैंकका केही संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार १०८ किक्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्दैछ । कम्पनीले बैंकका केही संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार १०८ किक्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौं दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।