stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एक दर्जन बैंक लाभांश घोषणाका लागि राष्ट्र बैंकमा पुगे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एक दर्जन वाणिज्य बैंक लाभांश घोषणाका लागि राष्ट्र बैंक पुगेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार आधा दर्जन वाणिज्य बैंक वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंक पुगेका हुन् ।

‘एक दर्जन बढी वाणिज्य बैंकहरुले वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंकमा पठाएका छन्, त्यस विषयमा हामी अध्ययन गरिरहेका छौं, पूर्ण रुपमा अध्ययन गरेपछि हामी हाम्रो निर्णय गर्छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसिया, सनराइज, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, सिद्धार्थ, सिटिजन्स, मेगा र कुमारी लगायत एक दर्जन बैंक राष्ट्र बैंक पुगेका छन् । सिटिजन्स बैंकले स्वीकृति पनि पाइसकेको राष्ट्र बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरिसकेको छ । यससँगै सिटिजन्स बैंक लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको छ । अब केही दिनमै अन्य बैंकले पनि लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।

‘राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि आएका बैंकहरुलाई हामीले जति सक्दो छिट्टो स्वीकृति दिने योजना बनाएका छौं, सकेसम्म दशैं अगाडि नै स्वीस्कृति दिने हाम्रो योजना थियो तर केही प्राविधिक समस्या देखियो, अझै पनि समय छ, दशैं अगाडि नै सबै बैंकले स्विकृति पाउन सक्छन्न्’ राष्ट्र बैंक स्रोतले भन्यो ।

बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश पाउँछन् । नेपाल राष्ट्र बैंकले लाभांश वितरण गर्न सक्ने स्वीकृति दिएपछि बैंकले २१ दिन अगावै वार्षिक साधारण सभा बोलाउनु पर्ने व्यवस्था छ ।

prabhu mahalaxmi
kumari