stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो

९ प्रतिशत लाभांश प्रस्ताव

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बनेको छ।

बैंक सञ्चालक समितिको गत असोज ६ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०७८र७९ को वितरणयोग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी रु. १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ७० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

prabhu mahalaxmi
kumari