century bank long ads
adbl long ad
himalayan Everest Insurance long ad
stcnepal long ad

डिशहोम फाईवरनेटको ‘फेस्टिभल फाईवरनेट’ अफर सार्वजनिक

civilbank long ad
citizens life insurance long ad
himalayan Everest Insurance long ad

काठमाडौं । डिशहोम फाइवरनेटको ‘फेस्टिभल फाईवरनेट’ अफर सार्वजनिक भएको छ । फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले नयाँ ‘ब्याण्डवाइडतथ’ को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु ‘फेस्टिभल फाईवरनेट’ मा ल्याएको छ ।

‘फेस्टिभल फाईवरनेट’ अफरले ८ सय ७० रुपैयाँ प्रति महिना पर्ने २ सय एमबीपीएसको ईन्टरनेट प्याकेज दिनेछ ।

त्यस्तै, प्रति महिना ५ सय ९५ रुपैयाँमा ७५ एमबीपीएस, ६ सय ८७ रुपैयाँमा एक सय एमबीपीएस, ८ सय २४ रुपैयाँमा १ सय ५० एमबीपीएस र ९ सय १६ रुपैयाँमा २ सय ५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले ‘५जी डबल ब्याण्ड’ राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

साथै, ईन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २ सय ५० प्रति महिनामा डिशहोम आईपीभिीको सेवा पनि लिन पाउने छन् ।

ग्राहकहरुले उल्लासमय ‘फेस्टिभल फाईवरनेट’ अफरको लाभ उठाउन डिशहोमको नजिकको डिलर दाई वा हट लाइन नम्बर ९८०१५४४००० मा सम्पर्क गर्न सक्ने बताइएको छ ।

६ असोज २०७९, बिहीवार २०:०९ बजे प्रकाशित

century bank long ads
stcnepal long ad