citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिका नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने गरी एकीकृत निर्देशन २०७८ संशोधन तथा परिमार्जन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिका नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने गरी एकीकृत निर्देशन २०७८ संशोधन तथा परिमार्जन गरेको छ ।

बुधबार गरिएको निर्देशनको संशोधन तथा परिमार्जनबाट बैङ्क तथा वित्तीय संस्थाको बचत प्राप्ति तथा ऋण प्रवाहमा थप नियमन गर्न खोजिएको छ ।

साउन ६ गते जारी गरिएको चालू आर्थिक वर्षको मौद्रिक नीति अनुसार गरिएको नयाँ व्यवस्थाले कर्जा तथा बचत दुवैमा ब्याज बढाउने भएको छ ।

जारी संशोधित व्यवस्थाअनुसार अब ब्याजदर कोरिडोरको माथिल्लो सीमाका रूपमा रहेको स्थायी तरलता सुविधा दर ७ प्रतिशतबाट ८.५ पु(याइएको छ । तल्लो सीमाका रूपमा रहेको निक्षेप सङ्कलनको ४ प्रतिशतबाट ५।५ र रिपो ब्याजदरलाई ७ प्रतिशत पु(याइएको छ ।

राष्ट्र बैङ्कबाट बैङ्क तथा वित्तीय संस्थालाई उपलब्ध गराइने कर्जाको ब्याजदर ७ प्रतिशतबाट बढाएर ८.५ प्रतिशत कायम गरिएकाले पनि ब्याजदर बढ्ने भएको हो ।

त्यस्तै सुरक्षणमूलक व्यवस्थालाई पनि कसिलो बनाइएको छ । त्यसअनुसार अब बैङ्क तथा वित्तीय संस्थाले भदौ १२ गतेदेखि कुल निक्षेप दायित्वको ४ प्रतिशत रकम राष्ट्र बैङ्कमै राख्नुपर्ने भएको छ ।

यसअघि यो अनिवार्य नगद मौज्दातको हिस्सा तीन प्रतिशत मात्रै थियो । यसैगरी वैधानिक तरलता अनुपात पनि पुस मसान्तदेखि वाणिज्य बैङ्कले १२ प्रतिशत तथा विकास र वित्त कम्पनीले १० प्रतिशत कायम गर्नुपर्ने भएको छ ।

संस्थागत बचतकर्ता आकर्षण गर्न हुने गरेको अस्वाभाविक प्रतिस्पर्धा नियन्त्रण गर्न अब मुद्दती निक्षेपमा व्यक्तिगत बचतकर्ताको भन्दा २ प्रतिशत बिन्दुले कम ब्याज पाउनेछन् ।

घरजग्गा धितो राखी पाइने कर्जामा धितो सुरक्षणको फेयर मार्केट भ्यालुको काठमाडौँमा ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत मात्र अधिकतम कर्जा दिन पाइने व्यवस्था गरिएको छ ।

नयाँ निर्देशिकामार्फत कोभिड–१९ महामारीका कारण उपलब्ध गराइएका कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाजस्ता कर्जा सुविधा तथा सहुलियत पनि हटाइएको छ ।

स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने मौद्रिक नीतिको लक्ष्य अनुसार निर्देशिका संशोधनले थप क्षेत्रलाई सहुलियतको दायरामा पारेको छ ।

नयाँ व्यवस्था अनुसार खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि ऋण प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र थप ब्याज लिन पाउने सीमा राखिदिएको छ ।

विगतमा एक करोड रुपियाँसम्मको ऋणमा मात्र रहेको यो सुविधा अहिले दुई करोड रुपियाँ पु(याइएको छ । यस्तो सुविधा पाउनेमा हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय ९आयातसम्बन्धी व्यवसायबाहेक०लाई पनि समेटिएको छ ।

त्यस्तै निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न दिइने कर्जामा पनि २ प्रतिशत बिन्दुभन्दा थप प्रिमियम लिन नपाइने भएको छ ।

संशोधनले बैङ्क तथा वित्तीय संस्थालाई मर्जर तथा एक्विजिसनमै जान प्रेरित गरेको छ । वाणिज्य बैङ्क एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सम्पन्न गरी आगामी पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा कारोबार सुरु भएको एक वर्षसम्म विभिन्न छुट तथा सुविधा उपलब्ध गराइने भएको छ । आजको गोररखापत्र दैनिकबाट

 

IME Life
kumari