लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले शपथ लिए
काठामाडौं । लुम्बिनी विकास बैंकको नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले शपथ लिएका छन् । श्रेष्ठले बुधबार नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको शिक्षा हासिल गरि स्ट्यान्डर्ड चार्टर्ड बैंक (साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड) र माछापुच्छ्रे बैंकको उच्च व्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा पुर्याएका छन् । उनी विगत ४ बर्ष देखि लुम्बिनी विकास बैंकको सञ्चालक रहँदै आएका थिए ।
शपथ ग्रहणको नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा। गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।























