मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाईस टेक्नोलोजिजबीच सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एसीटी बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ ।
बैंकका तर्फबाट, सहायक नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यस सम्झौताको मुख्य उद्देश्य भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने हो । तसर्थ यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र बैंक बीच स्मार्ट क्यूआर प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ , खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
























