stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनसीसी बैंकको २६ लाख कित्ता सेयर फेरि लिलामी बिक्री खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनसीसी बैंकले आज असार २९ गते बुधबारबाट फेरि २६ लाख ३३ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यसअघि बैंकले गत असार १ गतेबाट १५ गतेसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा ल्याएको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन ११ गतेसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन साउन १२ गते बिहान १० बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

prabhu mahalaxmi
kumari