stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकको २ लाख ६५ हजार कित्ता सेयर लिलामी बिक्री खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंकले आज असार २९ गते देखि २ लाख ६५ हजार ९९९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

बैंकले संस्थापक समूहको सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो । यसमा न्यूनतम १५२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन ११ गतेसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन साउन १२ गते दिउँसो २ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

prabhu mahalaxmi
kumari