prabhu bank
shangrila development bank Long Ad
himalayan Everest Insurance long ad
century bank long ads

सिटिजन्स बैंक र अलफ्ट काठमाडौं ठमेल बीच समझदारी

civilbank long ad
citizens life insurance long ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छाँयाँदेवी कम्प्लेक्स, ठमेल स्थित अलफ्ट काठमाडौं ठमेल बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफि सप र एक्वा बारमा १०% सम्म छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

 

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।

आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क , ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।

साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्त गर्न सक्नुहुनेछ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७५ वटा शाखा, १२७ वटा ए.टि.एम. र ९५ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

१० असार २०७९, शुक्रवार ११:३९ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads