citizens life insurance long ad
stcnepal long ad

काठमाडौँ महानगरपालिकाले २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ।

महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो।

 

आगामी आवका लागि चालु आ.व.को भन्दा सात अर्बभन्दा बढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्। आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने उनले बताइन्।

चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ।

चालु आ.व.मा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो।

चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ तीन अर्ब ७५ करोड ७७ लाख रुपैयाँ, आर्थिक विकास क्षेत्रमा ५५ करोड रुपैयाँ, सामाजिक विकासमा रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासमा रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो। आगामी वर्षका लागि महानगरले शुक्रबार बजेट ल्याउन तयारी गरेको छ। रासस

IME Life
kumari