citizens life insurance long ad
stcnepal long ad

नेपाली बृहत् शब्दकोश’ को मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज: मन्त्री आले

Nimb long ad
Prabhu Insurance Long Ad

‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज: मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोग कर्ताहरुलाई सहज र सजिलो भएको बताउनु भएको छ ।

आज नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ६४ वार्षि उत्सव समारोहमा बोल्नु हुँदै मन्त्री आलेले ‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एप निर्माण तथा ‘तस्बिरमा नेपाल’ जस्तो कृति प्रकाशन भएपछि स्वदेशी र विदेशी सबै नागरिकलाई नेपाल देखाउन र नेपाल चिनाउन सजिलो भएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एप निर्माण तथा ‘तस्बिरमा नेपाल’ जस्तो कृति प्रकाशन नेपाल देखाउन र चिनाउन सहज भएको छ, यो एक दमै राम्रो काम हो ।” महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्राज्ञिक सपना र तत्कालीन राजा महेन्द्रको भाषा, साहित्य र कलाप्रतिको सद्भावका कारण बि.सं. २०१४ सालमा स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६४ वर्षको यात्रामा थुप्रै साहित्य विकासका काम गर्न सहफल भएको भन्दै मन्त्री आलेले प्रसङसा समेत व्यक्त गर्नुभयो ।

प्राज्ञिक संस्थाको संरक्षक समेत हरनु भएका मन्त्री आलेले नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना कालदेखि हालसम्म भएका प्राज्ञिक गतिविधिहरुका बारेमा बिगतमा थोरबहुत जानकारी भए पनि पछिल्ला केही वर्षहरुमा यस प्रतिष्ठानले गरेका कामहरूका बारेमा नजिकैबाट हेर्ने, बुुझ्ने र सहकार्य गर्ने मौका पाएको भन्दै खुशी समेत व्यक्त गर्नुभयो ।

भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र नेपाल प्रज्ञा–प्रतिष्ठानका कार्यक्षेत्रअन्तर्गत पर्ने तथा यस प्रतिष्ठानले आफ्ना ११ वटा विभागका माध्यमबाट विभिन्न गोष्ठी, अनुसन्धान र प्रकाशनका क्षेत्रमा उल्लेखनीय कामहरु गर्दै आएको कुराको स्मरण गर्नु हुँदै मन्त्री आलेले उक्त कार्यमा लाग्नु हुने सबैलाई धन्यवाद समेत दिनुभयो ।

सोही अवसरमा बोल्नु हुँदै मन्त्री आलेले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र जस्ता कार्यक्षेत्र बोकेको नेपाल प्रज्ञा–प्रतिष्ठानका लागि बजेट न्यून रहेको भन्दै गुनासो समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “ भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रको कार्यक्षेत्र भएको संस्थामा बजेट न्यून हुन दुःखको कुरो, यस प्रतिष्ठानमा प्रयाप्त मात्रमा बजेट विनियोजन गर्नु पर्छ ।” कोभिडको महामारीमा देश आतङ्कित भएका बेलामा पनि आफ्ना कामहरूलाई नरोकी अनुसन्धान र प्रकाशनका क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्ने यस प्रष्तिठानको सबैले उच्च मुल्याङकन गर्नु पर्ने मन्त्री आलेको भनाइ थियो ।

यसैगरी मन्त्री आलेले महाकवि देवकोटा सङ्ग्रहालय निर्माण कार्य अन्तिम चरणमा पुुगेको र सम्भवतः केही महिनाभित्रैमा त्यसको समुद्घाटन हुने आफुले खबर पाएको समेत जानकारी दिनुभयो ।

एक लाख पचास हजार शब्दको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, पाँच हजारभन्दा बढी लेखक तथा साहित्यकारहरूको परिचय समेटिएको ‘लेखक साहित्यकार परिचयकोश’, नेपालभित्रका सम्पूर्ण सांस्कृतिक शब्दहरूको अर्थ र प्रयोग सन्दर्भ समेत समेटिएको ‘सनातन संस्कृतिकोश’, नेपाली भूमिमा प्रवर्तन भएका पचासभन्दा बढी दर्शनहरु समेटिएको ‘नेपाली दर्शन’, सम्पूर्ण नेपाली लोकजीवनलाई समेटेर तयार गरिएको ‘लोकवार्ताकोश’ जस्ता ऐतिहासिक महत्त्व राख्ने बृहत् ग्रन्थहरू यसै आर्थिक वर्षमा प्रकाशन हुने समेत मन्त्री आलेले जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका आगमी दिनहरुमा अगाडि सारिने प्राज्ञिक योजना र कार्यक्रमहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सबै सहयोग अनवरत भइरहने समेत मन्त्री आलेले विश्वास दिलाउनुभयो ।

 

IME Life
kumari