prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ नारी बचत खाताबाट लाखौंको लाभ: जति धेरै मौज्दात त्यति धेरै फाइदा

बैंकले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म मौज्दात रहने गरी खाता खोल्दा कयौं रकम लाभ हुने जनाएको छ ।

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गृहिणी हुन वा विद्यार्थी, व्यवसायी हुन वा नोकरी गर्ने महिला सबैका लागि एनआईसी एशिया बैंक लि।ले खाता खोलेवापत लाखौं बराबरको फाइदा हुने गरी लाभकारी योजना ल्याएको जनाएको छ । बैंकको यो योजनाअनुसार जति धेरै मौज्दात त्यति धेरै फाइदा मिल्नेछ ।

बैंकले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म मौज्दात रहने गरी खाता खोल्दा कयौं रकम लाभ हुने जनाएको छ । बैंकले सर्वश्रेष्ठ नारी बचत खातामा बीमा, कर्जा लगायतका २४ वटा फाइदा पुग्ने बताएको छ ।

 

 

 

यस्तो खाता खोल्नेलाई ५ वर्ष अवधिका लागि अधिकतम ८४ लाख रुपैंयाँसम्मको बीमा फाइदा हुनेगरी ३ तहको ‘सर्वश्रेष्ठ नारी बचत खाता’ ल्याएको जनाएको छ ।

एनआईसी एशिया बैंक लि.को निक्षेपमा सुरक्षित रुपमा पैसा राखेसँगै यत्ति धेरै फाइदाको अवसर हासिल गर्न महिलाहरुलाई यो सुनौलो मौका भएको बैंकले जनाएको छ ।

यस्ता फाइदा उपयोग गर्न ‘सर्वश्रेष्ठ नारी बचत खाता’ अन्तर्गतका विभिन्न ३ प्रकारका भेरियन्टहरु (एनआईसी एशिया गुडविल एम्बेसडर, द प्राइड एनआईसी एशिया र द पार्टनर अफ एनआईसी एशिया) मा तोकिएको न्यूनतम मौज्दातमा खाता खोल्नु पर्ने हुन्छ ।

सोही मौज्दात अनुसारको खातामा ग्राहकले २४ अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु हासिल गर्न सक्नेछन् ।

बैंकले खाता खोलेर कारोबार गर्नेलाई ५ वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ फाइदा दिएको छ । डेबिट कार्ड, मोबाईल बैंकिङ र ईन्टरनेट बैंकिङमा पाँच बर्षको लागि निःशुल्क कारोबार गर्न पाइनेछ ।

रू. ५ लाखसम्म क्रेडिट कार्ड लिन पाईनेछ भने क्रेडिट कार्डमा आबद्ध भएको र जारी भएको शुल्क लाग्दैन । पाँच वर्षसम्म निःशुल्क प्रिपेड डलर कार्ड प्रयोग गर्न र ई(कमर्श एक्टिभेशन शुल्क लाग्दैन ।

यससँगै ५ वर्षसम्म निःशुल्क चेक प्रोसेसिङ्ग, आरटीजीएश, आईपीएस तथा सीआईपीएस, लकर शुल्क, लकर मार्जिन, एटीएमबाट नगद झिक्न (स्वदेशी बैंक) र एटीएमबाट मौज्दात जाँच गर्न (स्वदेशी बैंक) सकिने छ ।

साथै, ग्राहकलाई विदेशी मुद्रा सटही प्रिमियममा २५ पैसासम्म छुट दिईनेछ । जसमा अमेरिकी डलर, यूरो क्यानेडियन, पाउण्ड स्ट्रर्लीङ र अष्ट्रेलीयन डलर सटहीमा विशेष छुट रहेको छ ।

बचत गर्नेलाई १० गुणासम्म कर्जा

एनआईसी बैंक लि।मा खाता खोल्ने बचतकर्ताले आवश्यकता अनुसार कर्जा सम्बन्धी लाभ लिन सक्नेछन् । पूर्व स्वीकृत कर्जा सीमा बचतकर्ताहरूले खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जा फाइदा पाउनेछन् ।

नेपाल राष्ट्र बैंक तथा यस बैंकको विद्यमान व्यवस्थाको पालना गरी सहुलियत ब्याजदर (आधारदरमा थप १ प्रतिशत) तथा ०.२५ प्रतिशतको न्यूनतम प्रशासनिक शुल्कमा उपभोग गर्न सकिनेछ ।

यदि ग्राहकको बचत खातामा पछिल्लो तीन ३ महिनामा औसत रू. १० लाख बचत जम्मा रहेको छ भने ग्राहकले रू. १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा फाइदा अनुरुप तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् रू. १ करोड कर्जा रकममा बेसरेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा रकम प्राप्त गर्न सक्नेछन् । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था बैंकले गरेको छ ।

एनआईसी एशिया ‘द गुडविल एम्बेसडर’ सर्वश्रेष्ठ नारी बचत खाता

यो खाता न्यूनतम १ लाख मौज्दतमा खोल्न सकिनेछ । यस्तै बीमा फाइदाहरुमा खातावाला र खातावालाले तोकेको अतिरिक्त ३ जनाले बीमा फाइदा पाउनेछन् । यो खाता खोलेको ५ वर्षसम्म बीमा सुरक्षण उपलब्ध रहेको छ ।

जसमा रू. ४० लाखसम्म दुर्घटना बीमा, रू। ४० लाखसम्म घातक रोग बीमा, रू। ४ लाखसम्म औषधि उपचार बीमा फाइदा छ । औषधि उपचार बीमा अन्तर्गत ओपीडीमा ८० हजार रुपैयाँ र हस्पिटलाईज्ड हुनुपरेमा ३ लाख २० हजारसम्मको बीमाले व्यहोर्ने बैंकले जनाएको छ ।

यससँगै सम्पत्ति अभिवृद्धि फाइदा अन्तर्गत ५ वर्षको लागि निःशुल्क डिम्याड खाता र मेरो शेयर निःशुल्क, पोर्टफोलीयो म्यानेजमेन्ट सेवा शुल्कमा ५ वर्षको लागि ५० प्रतिशतसम्म छुट पाइनेछ । यस्तै २ लाख रुपैयाँभन्दा माथि भएकालाई फ्लेक्जी फिक्सको फाइदा प्राप्त हुनेछ ।

फ्लेक्जी फिक्स्डमा मुद्दती निक्षेपकै ब्याज पाइनेछ । यस्तै, खातावालाले पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औसत मौज्दातको १० गुणासम्म पाउनेछन् । यससँगै ५ वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रन्जेक्सन बैंकिङ र प्रिभिलेज बैंकिङ फाइदा पाउनेछन् ।

‘द प्राईड अफ एन आई सी एशिया बैंक’ सर्वश्रेष्ठ नारी बचत खाता

यस योजना अन्तरगत न्यूनतम ५० हजार मौज्दातमा खाता खोल्न सकिने र ब्याजदर हरेक महिना प्रकाशित दरको आधारमा दिनेछ । यो प्रोडक्ट लिएका खातावाला र अतिरिक्त १ जनाले ४२ लाखसम्मको बीमा फाइदा पाउनेछन् ।

यो खाता खोलेको ५ वर्षसम्म बीमाले व्यहोर्छ । जसमा रू। २० लाखसम्म दुर्घटना बीमा, रू. २० लाखसम्म घातक रोग बीमा, रू. २ लाखसम्म औषधि उपचार बीमा फाइदा छ । यस अन्तर्गत ओपीडीमा ४० हजार रुपैयाँ र हस्पिटलाईज्ड हुनुपरेमा १ लाख ६० हजारसम्मको बीमावापत भुक्तानी गरिन्छ ।

यस्तै सम्पत्ति अभिवृद्धि फाइदा अन्तर्गत ५ वर्षको लागि निःशुल्क डिम्याड खाता र मेरो शेयर निःशुल्क र पोर्टफोलीयो म्यानेजमेन्ट सेवा शुल्कमा ५ वर्षको लागि ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

निक्षेपकर्ताहरूले यस बैंकको सहकार्यमा एनआईसी एशिया क्यापिटल लि.ले उपलब्ध गराएको पोर्टफोलीयो म्यानेजमेन्ट सेवा सहुलियत शुल्कमा उपभोग गर्न सक्छन् ।

जसमा निक्षेपकर्तासँग भएको पूँजीलाई व्यवस्थापन गरी विभिन्न क्षेत्र (शेयरबजार, म्युचुअल फन्ड, आदि) मा लगानी गरी उच्च प्रतिफल प्रदान गरिन्छ । यसमा पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औसत मौज्दातको १० गुणासम्म पाईने छ ।

यससँगै ग्राहकले ५ वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रन्जेक्सन बैंकिङ र प्रिभिलेज बैंकिङ फाइदा उपयोग गर्न पाउछन् ।

‘द पार्टनर अफ एन आई सी एशिया बैंक’ सर्वश्रेष्ठ नारी बचत खाता

यसमा न्यूनतम २५ हजार मौज्दतमा खाता खोल्न सकिने र ब्याजदर हरेक महिना प्रकाशित ब्याजदरको आधारमा प्रदान गरिनेछ । सो मौज्दातमा खाता खोल्नेले २१ लाख रुपैयाँसम्मको बीमा फाइदा पाउनेछन ।

यो खाता खोलेको ५ वर्षसम्म बीमाले व्यहोर्छ । जसमा रू. १० लाखसम्म दुर्घटना बीमा, रू. १० लाखसम्म घातक रोग बीमा, रू. १ लाखसम्म औषधि उपचार बीमा फाइदा छ । औषधि उपचारअन्तर्गत ओपीडीमा २० हजार रुपैयाँ र हस्पिटलाईज्ड हुनु परेमा ८० हजार रुपैयाँसम्मको बीमाले व्यहोर्ने छ ।

यस्तै सम्पत्ति अभिवृद्धि फाइदाअन्तर्गत ५ वर्षको लागि निःशुल्क डिम्याड खाता र मेरो शेयर निःशुल्क र पोर्टफोलीयो म्यानेजमेन्ट सेवा शुल्क ५० प्रतिशतसम्म छुट पाइनेछ । यस्तै पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औसत मौज्दातको १० गुणासम्म कर्जा पाईनेछ ।

यससँगै ५ वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रन्जेक्सन बैंकिङ र प्रिभिलेज बैंकिङको फाइदा उपभोग गर्न सकिन्छ ।

 

२० जेठ २०७९, शुक्रवार ११:५७ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads