citizens life insurance long ad
stcnepal long ad

जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन यही जेठ २८ गते हुने

भक्तपुर जिससका लागि नेमकिपा निर्णायक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन यही जेठ २८ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही १९ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै २३ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचन गर्ने जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले १९ गते मतदाता नामावली प्रकाशनसँगै निर्वाचन प्रक्रिया सुरु भएको र निर्वाचन तालिका अनुसार सबै प्रक्रिया पूरा गरेर २८ गते निर्वाचन गरी सोही दिन मतगणना गरी घोषणा गरिने जानकारी दिनुभयो ।

 

 

 

आगामी पाँचवर्षे कार्यकालका लागि हुने निर्वाचनमा यसपटक नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निर्णायक हुने भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) को बराबर मतभार भएपछि नेमकिपा निर्णायक हुने भएको हो ।

भक्तपुरका चार नगरपालिकामा प्रमुख र उपप्रमुख गरी आठ जनाले मतदान गर्न पाउने व्यवस्था छ । एमाले तीन, कांग्रेस दुई, नेमकिपा दुई र नेकपा (माओवादी केन्द्र) को एक मतदाता छन् ।

अहिलेकै अवस्थामा गठबन्धनमा रहेका कांग्रेस र माओवादी मिल्दा तीन मत हुने हुँदा एमाले र गठबन्धनबबीच बराबर मतभार रहन्छ । यस्तो अवस्थामा दुई मतभार रहेको नेमकिपा निर्णायक हुने भएको हो ।

नेमकिपा निर्णायक हुने भएपछि कांग्रेस र एमालेको जिल्ला नेतृत्व तहले जिससमा सहकार्य गरेर जान नेमकिपासँग छलफल अगाडि बढाएका छन् । कांग्रेस जिल्ला सभापित दुर्लभ थापाले कसैको बहुमत नभएको अवस्थामा जिससमा सबै मिलेर जान सके राम्रो हुने भन्दै यसका लागि दुई–तीन चरणमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेमकिपासँग छलफल भइरहेको छ, एमालेसँग पनि यसबारेमा छलफल भइरहेको छ ।” एमाले जिल्ला अध्यक्ष बचत देउजाले पनि नेमकिपासँग छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेमकिपाको स्पष्ट धारणा आएको छैन ।”

एमाले र कांग्रेसले नेमकिपालाई जिसस प्रमुखसहित सदस्य दिने र उपप्रमुखसहित केही सदस्य आफ्नो पार्टीले लिने गरी प्रस्ताव राखेको बताइएको छ ।

नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले जिससमा समन्वय गरेर जानेबारेमा कांग्रेस र एमालेसँग कुनै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म यसबारेमा मसँग कांग्रेस, एमालेका कोही पनि नेताको कुरा भएको छैन, पार्टीमा छलफल गरी निर्णय गछौँ ।”

विसं २०७४ मा जिससको निर्वाचनमा कांग्रेसको उम्मेदवारी नपरेपछि पाँच मत रहेको एमाले र दुई मत रहेको नेमकिपाबीच निर्वाचन भएको थियो ।

IME Life
kumari