कोरोना महामारीका कारण रोकिएका नेपाली विद्यार्थी अब भने चीन जान पाउने
काठमाडौं । चीनका विभिन्न विश्वविद्यालयहरूमा पठन–पाठन गर्दै आएका नेपाली विद्यार्थी चीन जान पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीलाई पुनः चीन जाने व्यवस्था मिलाएको हो ।
कोरोना महामारीका बेला चीनबाट स्वदेश फर्केका नेपाली विद्यार्थी पुनः त्यहाँ जान पाएका थिएनन् ।
लकडाउनका कारणले चीन फर्किन नपाएका २८१ जना नेपाली विद्यार्थीलाई पहिलो चरणमा चीन पठाउन लागिएको मन्त्रालयले जनाएको छ ।
चीन फिर्ताका लागि विद्यार्थीहरूले मन्त्रालयको वेबसाइटमा राखिएको गाइडलाइनमा उल्लेखित व्यहोराबमोजिम पुनः भिसा प्राप्तिका लागि निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।




















