citizens life insurance long ad
stcnepal long ad

लुम्बिनी विकास बैंकको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।२८ हजार ६२६ कित्ता संस्थापक सेयर लुम्बिनी विकास बैंकले बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी निरेन्द्र मोहन अधिकारीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो ।

यसमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मिति जेठ २० गतेदेखि ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

 

आवश्यक कागज प्रमाणसहित किन्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित निवेदन पेस गर्न बैंकले अनुरोध गरेको छ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ।

IME Life
kumari