citizens life insurance long ad
stcnepal long ad

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त हुनुभएको छ । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका सचिन जङ्ग रायमाझीलाई बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले २०७८ जेठ १८ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंक बाट बैंकिंग शुरु गर्नु भएका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक(एन.सी.सी. बैंक, मेगा बैंक र प्रभु बैंक) मा गरी कुल एक्काइस बर्षको बैंकिङ अनुभव रहेको छ ।

 

 

विगत साढे चार वर्ष देखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भुमिका निर्वाह गरीसक्नु भएकोले वहाँले नायव प्रमुख कार्यकारी अधिकृतकोे भुमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पु¥याउनेमा बैंकले विश्वास लिएको छ ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जङ्ग रायमाझीले बैंकमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै बैंकको संचालक समितिले वहाँलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गर्नुभयो ।

 

 

IME Life
kumari