citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कुमारी धनवृद्धि योजनाको बिक्री आज जेठ १२ गतेदेखि खुला

कुमारी धनवृद्धि योजनामा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । ‘कुमारी धनवृद्धि योजना’ को आज जेठ १२ गतेदेखि बिक्री खुला भएको छ । कुमारी क्यापिटलले यस योजनाको १२ करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १५प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ ।

बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ ।

 

 

कुमारी धनवृद्धि योजनामा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भने जेठ २६ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

यस फन्डको योजना व्यवस्थापक कुमारी क्यापिटल हो । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो ।

himalayan life insurance
igi long