stcnepal long ad
ime life insurance
global ime bank long

नौ महिनामा सरकारले लक्ष्य गरिएकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कुल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो ।

यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari