stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम लिन थाशीघ्र सम्पर्क गर्न आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम लिन बाँकी रहेका धनीहरूलाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभाग,थापाथलीले जारी गरेको सूचना अनुसार नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका केही धनीहरूले २०८१ जेठ मसान्तसम्म परिपक्व भइसकेको रकम अझै भुक्तानी लिएका छैनन् ।

विभागले सम्बन्धित सबै बचतपत्रधनीलाई आवश्यक कागजातसहित उपस्थित भई आफ्नो साँवा तथा आर्जित ब्याज रकम लिन अनुरोध गरेको छ ।

राष्ट्र बैंकले समयमै भुक्तानी नलिँदा सेवाग्राहीलाई असुविधा हुन सक्ने भएकाले ढिला नगरी सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari