महासंघको ७१ ओैं स्थापना दिवसका अवसरमा प्रभातफेरी
काठमाडौं । नेपाल पत्रकार महासंघको ७१ ओैं स्थापना दिवसआज चैत्र १६ गते काठमाडौंको सिनामंगलदेखि महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौंसम्म प्रभातफेरी कार्यक्रम गरि सम्पन्न भएको छ।
महासंघको प्रभातफेरी तथा कार्यक्रममा महासंघको अध्यक्ष निर्मला शर्मा,पुर्व अध्यक्षहरू किशोर नेपाल,हरिहर विरही,तारानाथ दाहाल,डा.महेन्द्र विष्ट,कार्यवाहक अध्यक्ष रमेश विष्ट,प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार प्रसाद आचार्य,महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी,केन्द्रीय सदस्य सुर्य सुवेदी,काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल,सचिव रमेश कुमार बोहरा,ललितपुर शाखा अध्यक्ष रामहरि कार्की,न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खडका,प्रेस काउन्सिलका सदस्य शन्तराम बिडारी लगायत सयौं वरिष्ठ पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा महासंघका पुर्व अध्यक्ष हरिहर बिरही, किशोर नेपाल,महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार प्रसाद आचार्य,उपत्यका समितिका अध्यक्ष टेनिस रोक्का आदिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पेशागत सुरक्षामा संकट आउदै गएको,पत्रकार माथि शारीरिक हमला भएको,क्यामरा फुटाएको आदि घटनाले पत्रकारहरू आफ्नो पेशामा असुरक्षित भएकाले एक ढिक्का भएर यस्ता कार्यको विरोध गर्नुपर्ने बताएका थिए।
कार्यक्रममा पत्रकार स्तम्भमा माल्यर्पण गरि एक मिनेट शहीदहरूको सम्झनामा मौन धारण गरिएको थियो।

























