stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा रु १ अर्ब लगानी गर्दै 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

यसका लागि मंसिर २८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ८० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १५ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari