stcnepal long ad
national life

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा रु २ अर्ब ६० करोड लगानी गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

यसका लागि कात्तिक १८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३९ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२५ नोभेम्बर ९ देखि २०२६ नोभेम्बर ९ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

gold
kumari bank
kumari
nawakantipur long