stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिको २०८२/०७/१४ मा बसेको ५३६औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनु भएका संचालक वेंकट वंसीधर कुंचालाई बैंक संचालक समितिको अध्यक्षमा सर्वसम्मत्तिबाट चयन गरेको छ ।

अध्यक्ष वेंकट वंसीधर कुंचा, एस.बी.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत हुनुहुन्छ । वहाँले एस.बी.आई. को २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्नुहुन्छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष श्री वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरु राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई र शरण कुमार अधिकारी तथा नेपाल एसबिआई बैंकका संचालकहरु रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती र डा. गोपाल प्रसाद भट्ट एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिती रहेको थियो ।

 

IME Lifesidebar
kumari