stcnepal long ad
national life

हिमालयन बैंकबाट बाहिरियो हविव बैंक, नेशनल लाईफ इन्स्योरेन्सले लियो १२.९३ प्रतिशत स्वामित्व

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लामो रस्साकस्सी पछि पाकिस्तानको हविव बैंकले हिमालयन बैंकमा रहेको आफ्नो १२.९३ प्रतिशत शेयर स्वामित्वको नेशनल लाईफ इन्स्योरेन्सलाई बिक्री गरेर बाहिरिएको छ ।

सबै प्रक्रिया पूरा गरेर हविव बैंकले बिहीबार र आइतबार गरेर आफ्नो शेयर नेशनल लाइफलाई बिक्री गरेर हिमालयन बैँकबाट बाहिरिएको हो । हविवले सन् १९९३ मा हिमालयन बैंकमा लगानी गरेको थियो ।

हिमालयन बैंकमा हविव बैँकको १२.९३ प्रतिशत शेयर हिस्सा अर्थात् दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर थियो । त्यो शेयर प्रति कित्ता ११८.८८ रूपियाँमा बिक्री गरिएको छ ।

नेप्सेको तथ्यांक अनुसार गत बिहीबार एक अर्ब ६६ करोड ५० लाख ६० हजार रूपियाँमा एक करोड ४० लाख ६ हजार २३० कित्ता सेयर खरिद बिक्री गरिएको छ ।

यस्तै, आज आइतबार एक अर्ब ६६ करोड ५० लाख ५९ हजार रूपियाँमा एक करोड ४० लाख ६ हजार २१७ कित्ता सेयर खरिद बिक्री भएको छ । योसँगै हिमालयन बैंकबाट हविव बैंक बाहिरिएको छ भने त्यसको ठाउँमा नेशनल लाईफ इन्स्योरेन्स भित्रिएको छ ।

हविव बैंकले धेरै पहिलादेखि आफ्नो शेयर बिक्री गर्न खोजेको थियो । विभिन्न कारणले त्यो सफल हुन सकेको थिएन । बिगत चार बर्षदेखि हविव बैंक आफ्नो सेयर बिक्री गर्ने योजनामा थियो ।

पछिल्लो पटक हविव बैंकले गत असारमा आफ्नो सेयर प्रति कित्ता ११२.८ रूपियाँमा बिक्री गर्ने गरि बोलकबोल प्रस्ताव आह्वान गरेको थियो । त्यसबेला पनि त्यो सेयर सस्तोमा हत्याउन विभिन्न समूहहरु लागि परेका थिए । त्यो चलखेल बाहिरिए पछि सफल हुन सकेन ।

अन्तिममा नेशनल लाइफले ११८.८८ रूपियाँ सेयर किन्ने गरी प्रस्ताव गरेको थियो । अन्य प्रस्तावकले दिएको मूल्य भन्दा बढी प्रस्ताव आएपछि नेशनल लाइफले यो सेयर पाउने पक्का भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर बिहीबार र आइतबार शेयर कारोबार गरिएको हो ।

बोल कबोलमा छनोट भएपछि नेशनल लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएको थियो । त्यो स्वीकृत भएपछि दुवै पक्षबीच सेयर खरिद बिक्री सम्झौता गरेर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइएको थियो ।

राष्ट्र बैंकले गत असोज अन्तिम साता सेयर खरिद बिक्री अनुमति दिएको थियो । त्यसपछि बिहीबार र आइतबार गरेर सेयर कारोबार सम्पन्न गरिएको हो ।

अहिले हिमालयन बैंकको सञ्चालक समितिमा हविव बैंकको तर्फबाट फर्हान तालिव सञ्चालक सदस्य थिए । सम्भवतः उनको ठाउँमा अब नेशनल लाइफ इन्स्योरेन्सको प्रतितिधि जानेछन् ।

gold
kumari bank
kumari
nawakantipur long