stcnepal long ad
himalayan life insurance long ad

बैकिङ क्षेत्र सुधार सुझाव उपसमिति गठन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि भन्दै एक अध्ययन उपसमिति गठन गरेको छ । बैकिङ क्षेत्रका विद्यमान समस्या समाधानका लागि सुझाव दिन नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

राष्ट्र बैंकले १ महिनाको समय तोकेर केही ‘टिओर’ सहित बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन गरेको हो । उपसमितिमा बैंकर भुवन दहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहेका छन् ।