शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। यस दिन सुन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
यता चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँ प्रतितोला कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार १५० रुपैयाँका दरले कारोबार भएको थियो।