आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि दिउँसो ३ बजे प्रस्तुत गर्ने

काठमाडौं । सरकारले बिहीबार दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने भएको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्।
बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री पौडेलले पौने २ बजे आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्नेछन्।