stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेशनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांशका

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अग्रणी जीवन बीमकमध्येको नेशनल लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश वितरणका लागि जेठ २२ गते शेयर दाखिल खारेज मिति (बुक क्लोज) तय गरिएको छ।

इन्स्योरेन्सको जेठ १४ गते अपरान्ह ४ बजेको सम्पन्न ५५१ औं सञ्चालक समितिको बैठकले बुक क्लोज मिति तया गरेको हो। बैठकले कम्पनीको ३७ वौं वार्षिक साधारण सभा असार ५ गते कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा गर्ने निर्णय गरेको छ।

साधारण सभाले नगद लांभाश १० (दश) प्रतिशतका दरले रु ५२ करोड १२ लाख १३,३०८ र बोनश शेयरको रुपमा लाभाश ५ (पाँच) प्रतिशत का दरले रु २६ करोड ६ लाख ६,६५४ वितरणको प्रस्ताव पेश गरिने भएको छ ।

यसैगरी शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७८९४७३ प्रतिशतका दरले रु। ४ करोड ११ लाख ४८ हजार ४१८ रूपैयाँ लांभाशबाट समायोजन गर्ने प्रस्ताव समेत साधारण सभामा पेश गर्ने सञ्चालक समितिले निर्णय गरेको छ।

इन्स्योरेन्सको हालको चक्ता पूँजी रु.५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँ छ। बोनश शेयर वितरण पछि यसको शेयर पूँजी ५ अर्ब ४७ करोड २७ लाख रूपैयाँ नाघ्नेछ।

साधारण सभाका लागि कम्पनीको चुक्ता पूँजी बृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) थप संशोधन गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५ (१) ग बमोजिम आर्थिक वर्ष २०८०/०८१ मा भएको खर्च अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र/नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायवाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावमाथि पनि छलफल गर्ने छ।

यसैगरी साधारण सभाले सञ्चालक समितिको कुल ५ जना सञ्चालकको निर्वाचन गर्नेछ। संस्थापक समूह (समूह क वर्ग) बाट ३ जना र २ जना सर्वसाधारण लगानीकर्ता (समूह ख वर्ग) जना संचालकहरुको निर्वाचन गर्नेछ।

IME Lifesidebar
kumari