stcnepal long ad
ime life insurance
global ime bank long

‘नेपाली उत्पादनको निर्यात प्रवर्द्धन हुने गरी बजेटमा सम्बोधन हुनुपर्छ’–अध्यक्ष ढकाल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली उत्पादनहरूको निर्यात प्रवर्द्धनमा सहयोग हुने गरी बजेटमा सम्बोधन हुनुपर्ने बताएका छन् ।

आज नेपाल निर्यात व्यवसायी महासंघ (फिन) को पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा उनले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा सम्भावना रहेकाले यी वस्तुको निर्यात प्रवर्द्धन हुने गरी बजेट आउनुपर्नेमा जोड दिए ।

उनले भने, “नेपाली उत्पादन जस्तै हस्तकला, पश्मिना, गलैँचा, हर्बल उत्पादन, कृषिजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारमा सम्भावना सहित माग पनि छ । यस्ता वस्तुको निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने गरी बजेटमा सम्बोधन हुनुपर्छ ।”

उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन आवश्यक रहेकाले निर्यात प्रवर्द्धनलाई बजेटको प्राथमिकता राख्न आग्रह गरे । वातावरणमा नकारात्मक असर नगर्ने गरी खनिज जन्य वस्तुको निर्यात खोल्न पनि अध्यक्ष ढकालले सुझाव दिए ।

“हामीले लामो समयदेखि खनिज जन्य वस्तुको निर्यात खुलाउनुपर्छ भनिरहेका छौँ । एक–दुई पटकको बजेटमा त्यो विषय आए पनि कार्यान्वयन भएन”, उनले भने, “वातावरणमा प्रतिकूल असर नपर्ने गरी हामीसँग भएका खनिज जन्य सामग्रीको निर्यात गर्न सके यसले छिमेकी मुलुकसँगको व्यापार घाटा कम गर्न सहयोग गर्छ । सरकारलाई अहिलेको बजेटमा यो विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दछौँ ।”

निर्यात प्रवर्द्धनका लागि फिनले छोटो समयमा गरेको प्रयासको प्रशंसा गर्दै अध्यक्ष ढकालले महासंघले फिनजस्ता वस्तुगत संघसंस्थासँग सधैँ सहकार्य गर्ने धारणा राखे ।

निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण, रुग्ण उद्योगको पुनरुत्थान र घरेलु उद्योग सुदृढीकरणमा महासंघले पहल गरिरहेको पनि उनले बताए ।

prabhu mahalaxmi
kumari