sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

१० महिनामा सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ७१ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा ७१ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले यो अवधिमा बीमितहरूका २ हजार ४६ वटा बीमा दाबीहरूको भुक्तानी गरेको हो ।

बीमा सेवा सुलभ र द्रुत रूपमा उपलब्ध गराउने उद्देश्यका साथ अगाडि बढिरहेको कम्पनीले चालु आर्थिक वर्षको बैशाख महिनामा मात्रै २०७ वटा बीमा दाबीको भुक्तानी गरेको छ । बैशाख महिनामा गरिएको दाबी भुक्तानीको रकम ९ करोड २० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

बीमितको विश्वास जित्दै अघि बढिरहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी प्रक्रियालाई प्रभावकारी बनाउँदै आएको छ ।

prabhu bank
nawakantipur long