stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

मास्टरकार्ड प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी अन्तर्राष्ट्रिय पर्यटकहरूले नेपाल भ्रमण गर्दा मास्टरकार्ड प्रयोग गरी क्यूआर भुक्तानी गर्न सकून् भन्ने उद्देश्यका साथ गरिएको हो ।

यससँगै मास्टरकार्ड प्रयोगकर्ताले नेपालपे क्युआर र इन्टर ओपरेबल क्युआर मार्फत सजिलै भुक्तानी गर्न सकिने छ ।

यो सहकार्यले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आफ्ना मास्टरकार्ड प्रयोग गरी स्थानीय क्यूआर व्यवसायिकहरूमार्फत डिजिटल भुक्तानी गर्न सजिलो बनाउने आशा गरिएको छ । यसले गर्दा देशभरि उपभोक्ता र व्यवसायिकहरूमा डिजिटल भुक्तानीको प्रयोग बढ्ने बताइएको छ ।

हाल नेपालपे क्युआर र इन्टरओपरेबल क्युआर सञ्जालमा झन्डै १० लाख क्यूआर व्यवसायिकहरू छन्, भने मास्टरकार्डका ३.१ अर्बभन्दा बढी कार्ड विश्वभरि जारी गरिएका छन् ।

एनसीएचएल र मास्टरकार्डबीचको यो सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई विशेष रूपमा अन्तर्राष्ट्रिय भुक्तानीका लागि सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

prabhu mahalaxmi
kumari