stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले बैकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त कोषको ९७ करोड रुपैयाँ इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव गरेको हो ।

यसमध्ये क वर्गका वाणिज्य बैंकमा ७७ करोड ७६ लाख रुपैयाँ, ख वर्ग स्तरका विकास बैंकमा १४ करोड ५५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ लगानी गर्न योग्य रकम रहेको जनाएको छ ।

उक्त लगानी योग्य रकम प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा हुनुपर्ने जनाइएको छ ।

साथै बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको साथै निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खूद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

IME Lifesidebar
kumari