stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले यहि वैशाख १ गतेदेखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।

सो योजना अन्तरगत डेविट कार्ड प्रयोगकर्ताहरुले पहिलो पटक पस मेसिन वा अनलाईन मार्फत रु १,००० वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक दिइने छ ।

यसैगरी सिटिजन्स मोबाईल बैंकिङ मार्फत क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक प्रदान गरिने छ ।

साथै फोन पे मर्चेन्टले आफ्नो ब्यवसायिक कारोवार रकम क्यूआर मार्फत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई रु १,८०० सम्म क्यासब्याक प्रदान गरिने छ ।

साथै बैंकले योजना अवधीभरमा इ(कम कार्ड लिई पहिलो पटक टपअप गर्दा सो टपअपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था,स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बैंकिङ्ग  मार्फत  मोबाईलमा  रिचार्ज गर्दा १५ प्रतिशत वा  बढिमा  रु ५०  क्यासब्याक  उपलब्ध पाउनु हुनेछ ।  साथै बैंकको एक मोबाईल बैंकिङ्ग ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाईट टिकट प्राप्त हुनेछ ।

वार्षिकोत्सवकै उपलक्ष्यमा बैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो बर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाहरूले आम सर्वसाधारणहरु नगद रहित  कारोबारमा  अभ्यस्त हुने र समग्र  डिजिटल बैंकिङ लाई वढवा मिल्ने विश्वास बैंकले लिएको छ ।

देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

IME Lifesidebar
kumari