stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंक तथा वित्तीय संस्थाले एकै दिन ८७ अर्ब १० करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकै दिन ८७ अर्ब १० करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरण अन्तर्गत आइतबार उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् ।

आज आइतबार बैंकहरुले ७० अर्ब ९० करोड एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत १६ अर्ब २० करोड निक्षेप गरी कुल ८७ अर्ब १० करोड रुपैयाँ केन्द्रीय बैंकमा राखेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो पटकको तुलनामा बैंकहरुले ८ अर्ब २५ करोड बढी एसडीएफमा राखेका छन् ।

गत बिहीबार बैंकहरुले ६२ अर्ब ६५ करोड एसडीएफमा जम्मा गरेका थिए । सो परिपक्क भएपछि बैंकहरुले आइतबार पुनः एसडीएफ राखेका हुन । यो रकम फागुन १३ गते मंगलबार परिपक्क हुनेछ ।

राष्ट्र बैंकले ब्याजदर कोरिडोर कार्यान्वयन प्रभावकारी बनाउन गत फागुनदेखि बैैंक, वित्तीय संस्थाले आफूसँग भएको अधिक तरलता केन्द्रीय बैंकमा निक्षेपका रुपमा राख्न पाउने गरी स्थायी निक्षेप सुविधा सुरु गरेको थियो ।

प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै जाने तर कर्जाको माग नबढेपछि बैंकहरुले अल्पकालीन उपकरणहरुमा लगानी गरेरै भए पनि आम्दानी बढाउन लागेका हुन् । एसडीएफमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् ।

खुला बजार कारोबार सम्बन्धी कार्यविधिमा बैंकहरुलाई हरेक आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा ३ दिन स्थायी निक्षेप सुविधा उपलब्ध गराउने प्रावधान छ ।

स्थायी निक्षेप सुविधामा जम्मा भएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइदैन् । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाइने व्यवस्था रहेको छ ।

यस्तै, केन्द्रीय बैंकले आइतबार मात्रै ३० अर्बको निक्षेप संकलन उपकरण जारी गरेकोमा ५ बैंक तथा वित्तीय संस्थाले ५ आवेदन मार्फत १६ अर्ब २० करोडमात्रै २१ दिनका लागि राष्ट्र बैंकमा जम्मा गरेका छन् । जसको औसत ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५४ खर्ब ४१ अर्ब कर्जा लगानी गरेका छन ।

बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.४६ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम देखिन्छ ।

 

prabhu mahalaxmi
kumari