माछापुच्छ्रे बैंकले ब्याजदर स्थिर राखे
काठमाडौं । माछापुच्छ्रे बैंकले चार ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने ब्याजदर ४ महिनादेखि स्थिर राखेको हो ।
बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । साथै बैंकले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
जुन ब्याज ४ महिनादेखि स्थिर रहेको छ । बैंकका अनुसार साधारण बचत खातामा भने न्यूनतम ३ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ ।































