citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज गर्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स नेपाल राष्ट्र बैंकले खारेज गरेको छ । राष्ट्र बैंकले उपत्यकामा सञ्चालित दुई वटा मनिचेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको हो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको ठमेलमा रहेको रेन्बो मनि एक्स्चेन्ज प्रा.लि. र ललितपुरको पुल्चोकमा रहेको कसा मनि एक्स्चेन्ज प्रालिको इजाजतपत्र रद्द गरेको जनाएको छ ।

यी दुई कम्पनीले तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको केन्द्रीय बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित) को विनियम १९ को उप–विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो ।’

IME Life
kumari